शनिबार, आषाढ २०, २०७७ || 740  पटक पढिएको

शनिबार ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ । खेत रोपाइँ गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले किसानका समूहलाई लक्षित गरी केही सेल अश्रुग्यास समेत हानेको छ । प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा केही प्रहरी घाइते भएका छन । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले रोपाइँ थालेपछि प्रहरीले बल प्रयोग गरेको बताए । किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताउँदै आएका छन् । विकासका नाममा पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासी रुष्ट बनेका छन् । किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि खोकना क्षत्रेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । एसएसपी राईले भने, ‘उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि तनाव सिर्जना भएको हो ।’ द्रुतमार्ग अन्तरगत खोकना क्षेत्रमा लामो समयदेखि जग्गा विवाद कायम छ । गत असार १५ को अवसर पारेर रोपाइ गर्न खोज्दा समेत स्थानीय र प्रहरीबीच विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!