नायक, निर्माता तथा निर्देशक भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो बारेमा भिडियो पोष्ट मार्फत झुटा प्रचार नगर्न चेतावनी दिएका छन् । भुवनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै साम्राज्ञीलाई उक्त चेतावनी दिएका हुन् । अभिनेत्री साम्रज्ञीले फिल्म छायाँकनदेखि जापान अवार्डमा सहभागी हँुदासम्म आफुलाई अभिनेता केसीले यौनदुर्व्यवहार गरेको भन्दै एक भिडियो पोष्ट गरेकी थिइन् । उक्त पोष्टको जवाफमा भुवनले चेतावनी दिएका छन् ।

डियर सम्रागी भनेर सम्बोधनसहित भुवनले लेखेको लामो स्टाटसमा आफुलाई अवको दिनमा पनि झुठा लान्छना लगाउने काम गरेर कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । ‘तपाईंलाई पहिलो पटक नायिकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ‘ड्रिम्स’बाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती, तपाई धन्यवादी हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु । करिव ६ वर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भै सुपर हिट भएको चलचित्र ‘ड्रिम्स’को सूटिङको क्रममा पानी खान पाइन, छाता ओड्न पाइन, सूविधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन वर्ष पछाडि आरोप लगाउँदै अन्य निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आश्चर्य लागेको छ’ केसीले भने ।

अभिनयमा ब्रेक दिने पिता तुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरि पोस्ट भएको भिडियो सम्बन्धमा गम्भीर ध्यान आकर्षण भएको समेत बताएका केसीले अगाडि लेखेका छन् ‘मेरो सूचनाको बाबजुद तपाईंले यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सनी उपर तपाईंबाट यथोचित क्षतिपूर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजाएको भागेदारी गराउने जानकारी गराउँदछु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!