प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेका छन् । यसका लागि उनले संसदको अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका छन् ।संसद चलिरहँदा अध्यादेश ल्याउन मिल्दैन । त्यसैले संसद अधिवेशन अन्त्य गर्ने सिफारिश गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । अब उनले मन्त्रिपरिषदबाट अर्को अध्यादेश ल्याउने बुझिएको छ । अब ल्याउने अध्यादेश राजनीतिक दलसम्बन्धी नै हुनेछ जुन यसअघि पनि ल्याइएको थियो । अध्यादेशको विरोध भएपछि फिर्ता गरिएको थियो । अब यस्तै अध्यादेश ल्याउन लागिएको आँकलन नेकपाभित्र भएको छ । ओलीले नेकपा एमाले ब्युँताउने तयारी गरेको चर्चा चल्दै आएको छ । एमाले नामको दल दर्ता प्रक्रियामा छ । पार्टीभित्र राजीनामा मागिएपछि थेग्न नसकेका ओलीले राजीनामा नदिने बरु कडा कदम चाल्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!