बिहिबार, आषाढ १८, २०७७ || 725  पटक पढिएको

कैलालीमा करीब एक हजार खरका छाना विस्थापन गरिने भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ९४९ घरका छाना फेरिने भएका हुन् । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका चार स्थानीय तहका खरले छाएको घरको छाना फेर्न पहिलो चरणमा बजेट विनियोजन गरिएको हो । तीन वर्षभित्र देशभरका सबै खरका छाना विस्थापन गरिने केन्द्रीय सरकारको नीतिअनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा आगामी आर्थिक वर्षका लागि करीब हजार घर परेको प्रतिनिधिसभा सदस्य झपट रावलले जानकारी दिनुभयो । स्थानीय तहको सिफारिसमा आफ्नो पहलमा छनोटमा परेका प्रतिघरलाई रु ५० हजारका दरले रकम दिइएको सांसद रावलले जानकारी दिनुभयो । सोअनुसार आगामी आर्थिक वर्षमा लम्किचुहा नगरपालिकामा ३०२ तथा गाउँपालिका मोहन्याका ३३८, बर्दगोरियाका १५६ र जानकीका १५३ घरका खरका छाना विस्थापन हुने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!