बिहिबार, आषाढ १८, २०७७ || 1658  पटक पढिएको

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ । पोखरामा प्रधान कार्यालय रही देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात सेवा दिँदै आएको प्रालिले बुधबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी बन्दाबन्दीले सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा व्यवसायीहरु बैंकको किस्ता तिर्न सक्ने अवस्थामा नरहेकाले सरकारले कर्जा भुक्तानीको समय थप गर्ने व्यवस्था गरिदिन माग गरेको हो । अन्य पेशा व्यवसाय खुकुलो बनाइए पनि यातायात व्यवसाय भने ठप्प रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीलाई कर्जा तिर्न बाध्य बनाउने खालका मानसिक तनाव दिने कार्य जारी रहेकाले सरकारले आफ्नो मागको सुनुवाइ नगरेको खण्डमा असार २२ गतेदेखि कम्पनीमा आबद्ध व्यवसायीहरुको सवारी साधनको कागजात र तालाचाबी क्रमिकरूपमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बुझाइने प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनुभयो । “महासङ्घमार्फत पटक–पटक सरकारको ध्यानाकर्षण गरायौँ तर हाम्रो मागको सम्बोधन हुन सकेन, यातायात सञ्चालनमा सरकारले नै बन्दाबन्दी घोषणा गरेको अवस्थामा किस्ता बुझाउन सकिने अवस्था छैन”, अध्यक्ष केसीले भन्नुभयो, “सेवा सञ्चालन गर्ने निर्णय भएमा पनि हालसम्म खडा भएका सवारी साधनको ब्याट्री, टायर तथा पार्टपुर्जा मर्मतका लागि समेत एउटा गाडीलाई तत्काल रु एक लाख लगानी गर्नुपर्ने बाध्यता छ ।” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले बन्दाबन्दीले विभिन्न पेशा व्यवसायीमध्ये यातायात व्यवसायी सबैभन्दा बढी समस्याग्रस्त हुन पुगेको भन्दै गर्दै करीब तीन लाख यात्रु बाहक तथा ६० हजार मालवाहक सवारी साधन ठप्प रहेकाले १२ लाखले प्रत्यक्ष तथा ४० लाखले अप्रत्यक्ष रोजगारीबाट वञ्चित हुनुपरेको बताउनुभयो । पृथ्वीराजमार्ग कम्पनी प्रालिअन्तर्गतका एक हजार ४०० सवारी साधनमा रु पाँच अर्ब ६० करोड लगानी रहेकामा बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानी रहेको बताइन्छ । प्रालिले पोखरालाई केन्द्र मानी देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत रात्रि तथा दिवासेवामा यातायात सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!