बुधबार, आषाढ १७, २०७७ || 790  पटक पढिएको

भारतमा आगामी पाँच महिनामा कम्तीमा पनि ८० करोड नागरिकलाई निःशुल्क खाना दिने आयोजनाको घोषणा गरिएको बताइएको छ । सो कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज घोषणा गर्नुभएको बताइएको छ । सो कार्यक्रमको नाम ‘प्रधानमन्त्री गरिब कल्याण अन्न योजना’ राखिएको छ । त्यस कार्यक्रमअनुसार भारतका ८० करोड जनतालाई आगामी पाँच महिनासम्म, नोभेम्बरको अन्तिमसम्म निःशुल्क रुपमा खाना खानेगरी सो कार्यक्रमको घोषणा गरिएको हो । त्यस कार्यक्रम गएको अप्रिल महिनादेखि नै भारत सरकारले सञ्चालन गरेको थियो । कोरोना भाइरसले गर्दा समस्यामा परेका गरिब व्यक्तिहरुका लागि यो कार्यक्रम घोषणा गरिएको हो । प्रधानमन्त्रीले आज यहाँको टेलिभिजनबाट सम्बोधन गरेर आगामी पाँच महिनाका लागि सो कार्यक्रम थप गर्ने बताउनुभएको हो । यस कार्यक्रमार्फत भारतका गरिब जनता र कोरोना भाइरसको संक्रमणबाट रोजगारी गुमाएर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग पु¥याइने भारत सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!