प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला पार्टीभित्र संकटमा छन् । पार्टीको जारी स्थायी कमिटीको पाँचौं बैठकमा हिजो बोल्ने अधिकांश सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन भनेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको सुरुमै ओलीलाई अब दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेका थिए ।

दाहालले ओलीलाई भारतले नभई आफूले राजीनामा मागेको कुरापनि बैठकमा स्पष्ट पारेका थिए । दाहालपछि बोलेका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले पनि ओलीबाट सरकार र पार्टी दुवै नचल्ने भन्दै तत्काल राजीनामा माग गरेका थिए । उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत ओलीको राजीनामा माग गरेका थिए । हिजो बोल्ने १८ सदस्यहरुमध्ये १७ जनाले ओलीको राजीनामा मागेपछि ओली थप दबाबमा परेका छन् ।

आज विहानै प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्रीहरु र स्थायी कमिटी सदस्यहरुललाई बालुवाटार बोलाएर परामर्शसमेत गरेका छन् । बालुवाटारमा ओलीले पूर्व माओवादी केन्द्रका मन्त्रीहरु शक्ति बहादुर बस्नेत, वर्षमान पुन, बिना मगरलाई बोलाएनन् । तर, गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट भने पुगेका थिए ।

बरिष्ठ नेता माधव कुमार नेपाल खेमाका मन्त्रीद्धय घनश्याम भुषाल र योगेश कुमार भट्टराईपनि प्रधानमन्त्री ओलीले बोलाएको परामर्शमा सहभागी थिए । बैठकमा सहभागी मन्त्रीहरुले पार्टीको निर्देशन र निर्णयलाई सर्वोपरि मानेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाएका छन् । उता, ओलीनिकट स्थायी कमिटी सदस्यहरुले भने कुनैपनि हालतमा खुट्टा नकमाउने भरोसा दिएका छन् । उनीहरुले स्थायी कमिटी बैठकले प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई हटाउन नमिल्ने जिकिर गरेका थिए । यदि पार्टीले प्रधानमन्त्री ओलीलाई हटाउने हो भने संसदीय दलमा बहुमत पुर्याएर देखाउनुपर्ने पनि उनीहरुको तर्क छ । र, अध्यक्षबाट हटाउनको लागि एकता महाधिवेशन नै कुनुपर्ने बताएका छन् । अहिले नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!