बुधबार, आषाढ १७, २०७७ || 692  पटक पढिएको

संघीय निजामती सेवा विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको भोलिपल्टै विवादमा परेको छ । विधेयकले कर्मचारीको वृृत्ति विकासमा गम्भीर असर पारेको भन्दै सयौं नायब सुब्बा हिजो मंगलबार सिंहदरबारभित्रै विधेयकविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले सिंहदरबारको मूल गेटदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्मै धर्ना दिएका थिए । उनीहरूले सिंहदरबारभित्रै (याली निकालेर विधेयकको विरोध गरे । विधेयकमा गरिएको व्यवस्थाले राजपत्र अनंकित प्रथम श्रेणी सुब्बा स्तरका कर्मचारीको वृत्ति विकासमा गम्भीर असर परेकाले सच्याउनुपर्ने उनीहरूको माग छ । देशभरमा नासुको संख्या भन्डै २८ हजार छ । माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् । कर्मचारीको भावनाविपरीत र योगदानको अवमूल्यन गर्दै मनोबल कमजोर बनाउने गरी कानुन ल्याइए देशव्यापी रूपमा कडा आन्दोलन गर्ने चेतावनीसमेत नायब सुब्बाहरूले दिएका छन् । उनीहरूको आन्दोलनप्रति अधिकृत र उपसचिवहरूले समेत समर्थन जनाएका छन् ।

नायब सुब्बाहरूले शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग गरेका छन् । यस्तै, साबिकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने, निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुला प्रतिस्पर्धाबाट लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, २०४९ को व्यवस्था कायम हुनुपर्ने माग गरेका समाचार आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!