सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेताहरु आक्रोशित भएका छन् । मंगलबारको बैठकमा आफ्नो धारणा राखेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीप्रति आक्रोश पोखे । उनले प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिको आलोचना गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो भन्ने जानकारी दिनुपर्ने बताए ।

‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने– ‘यो कुरा दिल्लीले भनेको होइन, मैले भनेको हो ।’ मंगलबारको बैठकमा बोलेका पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल तथा वामदेव गौतमले आफ्नो अभिव्यक्ति र आरोपलाई प्रस्ट पार्न भनेका थिए। तीनै नेताको अभिव्यक्ति उस्तै रहेको ती सदस्यले बताए ।

ती नेताका अनुसार चारै जना नेताहरु ओलीविरुद्ध आक्रोशित भएका थिए । उनीहरुले सरकारले पनि परिणाम दिन नसकेको बरु विवादित काम गरेको आरोप लगाएका थिए । उनीहरुको बाँकी नेताहरुको मत र तर्क पनि प्रचण्डको जस्तै थियो । नेता नेपालले भने प्रधानमन्त्रीको अभिव्यक्ति आफ्नो असफलता ढाक्न आएको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएकोसमेत बताए । उनले सरकार ढाल्न कोही लागेको भन्ने प्रधानमन्त्रीलाई लागेको हो भने स्पष्ट पार्नुपर्ने बताएका छन् । यसैबीच पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले षड्यन्त्र गर्ने राजदूतलाई किन प्रधानमन्त्रीले स्पष्टीकरण सोध्न नसकेको भन्दै प्रश्न गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!