मंगलबार, आषाढ १६, २०७७ || 713  पटक पढिएको

सरकारले चीन उत्पत्ति थलो भएका टिकटक लगायत ५९ वटा मोबाइल एप्लिकेशनहरुमाथि प्रतिबन्ध लगाएको छ । संसारभरि नै टिकटक मोबाइलका सर्वाधिक लोकप्रियमध्येका एक एप्लिकेशन मानिन्छ । चीन–भारतबीच तनाव बढ्दै जाँदा भारत सरकारले यो प्रतिबन्ध लगाएको हो ।

भारत सरकारले त्यहाँको सूचना प्रविधि कानूनको धारा ६९ए को प्रयोग गर्दै सो प्रतिबन्ध लगाएको हो । सो धारामा भारत सरकार वा उसका कुनै पनि अधिकार प्राप्त सरकारी पदाधिकारीलाई भारतको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय सुरक्षा, छिमेकीहरुसँगको सम्बन्ध तथा जनजीवनमा खलल पार्ने खालका लागेमा त्यस्ता कुराहरुमाथि प्रतिबन्ध लगाउन सकिने व्यवस्था छ ।

भारतमा मात्रै टिकटकका १० करोड सक्रिय प्रयोगकर्ताहरु छन् । यी प्रतिबन्धहरु कसरी कार्यान्वय हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ । तर चाँडै नै भारतमा गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट यी एप्लिकेसनहरु डाउनलोड गर्न नमिल्ने हुनेछन् । कसैले टिकटक लगायत प्रतिबन्धित एप्लिकेसनहरु प्रयोग गर्न खोजे भने पनि इन्टरनेट सेवा प्रदायकको तर्फबाट ‘सरकारको अनुराधेमा यी एप्सहरुसम्म तपाईंको पहुँच निषेध गरिएको छ’ आशयको सन्देश आउनेछ । टिकटकलगायतका मोबाइल एप्लिकेसनहरुमा प्रतिबन्ध लगाइएपछि भारतमा हज्जारौं भारतीयहरुले जागिर गुमाउने खतरा पैदा भएको छ । भारतमा प्रतिबन्ध लगाइएका मोबाइल एप्लिकेसनहरु निम्नानुसार छन्:

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!