सोमबार, आषाढ १५, २०७७ || 832  पटक पढिएको

विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचारत झापाका छ, मोरङका चार, सुनसरीका तीन र पाँचथरका एक जनाले कोरोना भाइरस परास्त गरी सोमबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा विराटनगर १० की आठ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गतेसम्म उनीहरू भर्ना भएका व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो ।

यसैबीच प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ३९२ पुगेको छ । प्रदेश १ मा आज सात जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा एक जना महिला, उदयपुरको ताप्लीका दुई पुरुष, खोटाङ दिक्तेलका दुई महिला र दुई पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!