कलिलो उमेरमा विवाह गरेर ल्याएकी बुहारी पनि १७ वर्षको उमेरमै विधुवा वनेकी छन् भने २ वर्षकी नातिनीले बुवाको अनुभव पनि गर्न पाइनन्

गत जेठ १० गते भएको घटनाले जाजरकोटका ६ युवाले ज्यान गुमाए । नवराज विकको प्रेमिकालाई वेहुली बनाएर भगाउन भन्दै गएका १९ युवा मध्य ६ जनाको निधन भयो । रुकुम चौरजहारी स्थित युवतीको घर गएका उनीहरुलाई स्थानियको आ क्रमणबाट ज्यान गयो । उनीहरुको शव भेरी नदिमा फेला पर्यो । अहिले घटनाको अनुसन्धान जारी छ ।

तर त्यो घटनाले शेभे विक र गीता बिकको भने जिवन नै उजाडीएको छ । एउटा मात्र छोराको निधनले उनीहरुको परिवार भताभुंग भएको छ । कलिलो उमेरमा विवाह गरेर ल्याएकी बुहारी पनि १७ वर्षको उमेरमै विधुवा वनेकी छन् भने २ वर्षकी नातिनीले बुवाको अनुभव पनि गर्न पाइनन् । जाजरकोटको भेरी नगरपालिका, मोटेला टोलकी सुनिता सुनारको आँखा जेठ १० गते देखि ओभाएका छैनन् । काखमा २ वर्षको छोरी लिएर त्यसै टोलाउँछिन् ।

उनको विवाह ४ वर्ष अघि वारी रुकुम पश्चिमको चौरजाहरी नगरपालिका–१, लामिछाने गाउँका टीकाराम विकसंग भएको थियो । कलिलै उमेरमा विवाह गरेका यि जोडीले विवाह गरेको २ वर्षमै छोरीलाई जन्म दिएका थिए । विवाह गर्दा सुनिताको उमेर १४ वर्षको मात्र थियो ।

सुनिता पनि बाबुआमाकी एकमात्र छोरी हुन्, यता टिकाराम पनि शेरेर गीताका एकमात्र छोरा थिए । १४ वर्षको उमेरकै टिकारामलाई माया गरेर सिउँदो रंग्याएकी सुनिताको १८ वर्षकै उमेरमा रंगिन सिउँदो पुछिएको छ । बुहारी भित्र्याउँदा शेभेर गीता निकै खुसी भएका थिए । दुई वर्ष पछि नातिनी पनि धर्तीमा आएपछि त्यो खुसी दुईगुना भएको थियो । तर जेठ १० गतेको घटनाले अहिले उनीहरुको सबै खुसी भताभुंग पारिदियो ।

टिकाराम हराए भन्ने सुनेपछि पनि उनलाई मृ त्यु नै भयो होला भन्ने कल्पना नगरेको बताउँछिन् । कतिवेला टुप्लुक्क आइपुग्छन् भन्ने आशमा बसेकी सुनिताले श्रीमानको हेर्नै नसक्ने अवस्थाको शव देख्नुपर्यो ।

उक्त घटनाले सुनिताको सिउँदोमात्र उजाडिएन, दुई वर्षकी अवोध बालिकाले बुवाको अनुभव पनि गर्न पाइनन् । बुढेसकालमा सहारा बन्ला भन्ने आशा गरेको एकमात्र छोरालाई शेभे र गीता दम्पत्तिले गुमाए पछि अहिले विक्षिप्त बनेका छन् । परिवारको एक मात्र छोरा उनी आर्थिक जिम्मेवारी पनि निभाएका थिए । बुवाआमाको सहारा बनेका उनले मोवाइल बनाउने सिप सिकेका थिए । त्यसैवाट उनले घर खर्च चलाएका थिए ।

आफ्नी बहिनीको पढाइ खर्च पनि त्यसैवाट चलेको थियो । छोरा गु माएको पीडा त छँदै छ अब यो परिवारमा आर्थिक समस्या पनि थपिएको छ । आम्दानीको बाटो केही छैन भने कलिली बुहारीको खाली सिउँदोले बृद्ध बुवाआमालाई थप पीडा दिन्छ ।

बहिनी सुमित्राको पढाइ खर्च कसरी चलाउने ? ऋण कसरी तिर्ने अब शेभे परिवारमा अर्को वि पत्ती आएको छ । सुनितालाई आफ्ना पति भेरीमा डुवेका होलान् भन्ने विश्वास नै लागेन । भेल आएको बेलामा पनि टिकाराम पुलवाट नदिमा हा मफालेर नदि वारपार गर्थे । भेरीले उनलाई बगाउने कुनै सम्भावना नभएको सुनिताको भनाई छ । टिकाराम हराए भन्ने सुनेपछि पनि उनलाई मृ त्यु नै भयो होला भन्ने कल्पना नगरेको बताउँछिन् । कतिवेला टुप्लुक्क आइपुग्छन् भन्ने आशमा बसेकी सुनिताले श्रीमानको हेर्नै नसक्ने अवस्थाको श-व देख्नुपर्यो ।

भिडियो

https://youtu.be/DFucyWHfClI

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!