बुधबार, जेठ २८, २०७७ || 1074  पटक पढिएको

मोरङमा रतुवामाई नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा रतुवामाई नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पुष्टि भएको हो ।

नगरपालिकाको सौठा माविको क्वारेन्टाइनमा बसिरहेका ३ जना र सरस्वती मावि इटहरा क्वारेन्टाइनमा बसिरहेका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । नगरपालिकाले ३५० जनालाई क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेको १० दिनपछि कोरोना जाँच गर्दा ८ संक्रमित भेटिएका हुन् ।

बुधबार ८ जना थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । रतुवामाईमा बुधबारसम्म २२ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!