आइतबार, जेठ ११, २०७७ || 1046  पटक पढिएको

“गाउँ गाउँमा सहकारी,घर घरमा रोजगारी”
२०६७ माघमा स्थापित ‘सिम्रीक बचत तथा ऋण ‘मा
अहिले २५,००० सेयर सदस्य रहेका छन्। अहिलेसम्म २४ वटा साखा(सहकारी तथा माईक्रो फाईन्स गरेर) रहेको छ। ७० करोड पुजी भएको यस सहकारीले विभिन्न शिर्षकमा ८६ करोड ऋण लगानी गरेकोछ। मुख्य अफिस बिर्तामोडमा रहेको छ।

यस सहकारीले दैनिक बचतका लागि अाफ्ना बचतकर्ता पठाउने गरेकोछ। दैनिक सरदर १५/२० लाख बचत हुने यस सहकारीमा त्यो रोकिएको छ। लकडाउनले गर्दा ब्याज र सावाँ जम्मा हुन नसकेको अवस्था रहेकोछ। बचतकर्ता फिल्ड जान समस्या। ब्यापार ब्यवसाय बन्दाले गर्दा दैनिक बचतमा प्रभाव परेको तथा स्वकृत ऋण लगानी गर्न नसकेको कुरा गौरादह साखाका प्रमुख रिसव बिस्ट बताउँनु हुन्छ। सस्थाले अाफ्नै पहलमा सामाजिक दुरि कायम गरि ९-१ बजे सम्म कार्यालय खोलेर अार्थिक कारोबार गरिरहेको।

अब यस्तै केही महिना भए बैकले थाम्न सक्ने अवस्था छैन। उहाँले यस बैंकमा तलब खुवाउन कुनै समस्या नरहेको बताउनु हुन्छ। तर पनि लम्बिदै गए अहिले नै थप कुरा भन्न नसक्ने बताउँनु हुन्छ।

यदि भोलि लकडाउन खुले पनि केही महिना पुरानो लयमा फर्कन गार्‍हो रहेको बताउनु हुन्छ। अहिले पनि बिपत कर्जा ५० हजार सम्म लगानि गरिरहेको छ।

लकडाउन पछि पछिको योजनामा सबै सेयर सदस्य लाई भेटि उनिहरुको समस्या बुझे। सके जति छलफल गरेर समस्याको समाधान खोज्ने योजना रहेको बताउँनु हुन्छ। साथै नेपाल सरकारले बैक तथा बितिय सस्थालाई माथि उठाउँन राहत प्याकेज ल्याउन अावस्य रहेको छ बताउँनु हुन्छ।
-000000000-

झापाको बिर्तमोड-५ जात्रुबाडी स्थापित “आबद्ध बचत तथा ऋण सहकारी संस्था लि”को अध्यक्ष नन्दमान भट्टराई हुनुहुन्छ। बि.स. २०६९ सालमा स्थापित यस सस्था हो। लगभग १४५० सेयर सदस्य रहेको यस सहकारीमा २ करोड जम्मा शेयर पुजी रहेको छ। १२ करोड विभिन्न शीर्षकमा ऋण लगानी रहेको छ।
दैनिक बचत लगभग १०/१२ लाख रहेकोमा अहिले बन्द रहेको छ। लकडाउन अहिलेसम्म अाईपुग्दा सदस्यको आवस्यकता लाई ध्यानमा राखी हप्ताको २ दिन कार्यालय खुल्ला गरि सिमित कारोबार गरिरहेको छ । तर यसरी लकडाउन बढिरहँदा कर्जाको बचत आउने भन्दा फिर्ता बढी हुने र किस्ता नआउने समस्याले गर्दा सहकारिको तरलता ब्यवस्थापनमा समस्या पर्ने निश्चित छ ।

यहि अवस्था कायम रहेमा चुनौतिको कुरा गर्दा कार्यलय खोलेर सिमित समय दिन पनि जोखिम बढ्दो छ। सदस्यले आफ्नो दीर्घकालीन बचत खातामा राखेको बचत झिकेर खर्च गर्नु पर्ने अवस्थाले तरलताले धान्न गार्हो भएको कुरा ब्यबस्थापक पर्बतराज चिमरिया बताउँनु हुन्छ।

भोलिका दिनमा कर्मचारीलाई तलब दिन, नसक्ने आवस्था बन्न सक्ने देखिन्छ भने तरलता ब्यब्स्थापन अर्को ठूलो समस्याको रुपमा देखा पर्ने निस्चित छ। यो समय सदस्यको आम्दामी भन्दा खर्च ज्यादा भएकोले अझै बचत फिर्ता हुने देखिन्छ भने, लकडाउन खुल्ने बित्तिकै पनि सबै लाई एकै पटक ब्यापार, तथा उपभोगमा रकम आवस्यक पर्ने हुँदा तरलताले धान्न नसक्ने आवस्था छ।

सरकारले यो समयमा बित्तिय संस्था हरुलाई, तरलता ब्यवस्थापनका लागि केही प्याकेज ल्याउन जरुरीछ र संस्थाहरुले आफ्ना सदस्यहरुलाई ब्याज छुट गराई रहेको ले, संस्थालाई बैंक बाट र बैंक लाई नेपाल रास्ट्र बैंक बाट ब्याज छुट दिन जरुरी देखिन्छ भन्नू हुन्छ ब्यबस्थापक चिमरिया।
-00000000000-

झापाको कमल गाउँपालिका -२ मुख्य अफिस रहेको ‘श्री पुर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि’ २०५७ सालमा स्थापित सस्था हो। लगभग १० हजार माथि
सेयर सदस्य रहेको यस सहकारीमा लगभग १ अरब ५५ करोड ब्यालेन्ससिट रहेको छ। अहिले यस सहकारीमा १ अरब २९ करोड ऋण लगानी रहेको छ। जसमा ८ वटा साखा मार्फत सेवा प्रवाह गरिरहेको छ।

दैनिक करोडौं भन्दा माथि कारोबार हुने यस सहकारीमा अहिले लकडाउनले गर्दा अादिमा झरेको
कुरा गौरिगञ्ज सेवा केन्द्र प्रमुख ध्रुब दहाल बताउनु हुन्छ। लकडाउन भरि लागानि नगर्ने निर्णय भएको कुरा बताउँनु हुन्छ।

अहिले यस सहकारीले ऋणि लाई भेटेर उनिहरुको समस्या बुझ्ने काम गरेको छ। नियमित कारोबार गर्नेलाई ब्याजमा १०% छुट र जरिवाना पुर्ण मिनाह गरिएको छ। अहिले फिल्डमा जाने र दैनिक बचत गर्ने बन्द गरिएको छ। १०-१ बजे सम्म खुल्ला रहेतापनि समय भने स्थानीय निकायको आधारमा निर्धारण गरिएको बताउँनु हुन्छ। नेपाल सरकारले भोलिका दिनमा ऋणिलाई के कति सहुलियत दिन सक्छ त्यो गरिदिए हुने बताउनु हुन्छ गौरिगञ्ज सेवा केन्द्र प्रमुख दहाल।

* सहकारी महासंघका संचालन तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल-

सहकारीलाई अहिले पास नदिएको समस्या छ।बजार नखोल्दा ऋण असुली गर्न समस्या देख्नु हुन्छ। ऋणि सदस्यहरुको अवस्था पहिचान गरि त्यहीँ अनुरुप असुली गर्ने बताउँनु हुन्छ। यस बिचमा कुनै हर्जना नलिने। थप ब्यवसाय गर्नेहरुलाई सिमित अवधिका लागि सुरुमा कर्जा लिएको आधार मानि त्यसको ३% ऋण उपलब्ध गराउँने बताउनु हुन्छ। अकडाउन अगाडि नियमित तथा ईमान्दार कारोबार गर्ने सदस्यहरुलाई ब्याजदरमा छुट दिनसक्ने रहेको बताउँनु हुन्छ।

यसरीनै लकडाउन बडिरहे कर्मचारीहरुको करार नवीकरण नहुने तर न्युनतम तलब यथावत रहने बताउँनु हुन्छ। अन्य कर्मचारीहरुको भने तलब स्थगन गर्नुपर्ने अवस्था अाउँन सक्ने छ। साथै अब सहकारीले आफ्नो मोडालिटि परिवर्तन गर्नु पर्ने अवस्था आएको देख्नु हुन्छ। जस अनुरुप सहकारीहरु एकीकरणमा जानू पर्ने। साथै पेसा ब्यवसाय गर्नु पर्ने जरुरी देखिन्छ।

यसरी यी त केही प्रतिनिधि सहकारी मात्र हुन्। सबै सहकारीका आ-आफ्नै समस्या रहेको देखिन्छ। यता लकडाउन बडिरहेको छ। उता बचत सुन्यमा झरेको छ। ऋण संगै ब्याज उठ्नलाई अर्को समस्या। यस बिषयमा गम्भीर भएर सोच्नु पर्ने अवस्थ रहेको छ।
यदि सरकारले बेलैमा ध्यान नदिने होभने कति सहकारी डुब्ने हुन् या भोलिको अवस्थामा के हुने हो भन्न नसक्ने देखिन्छ। साथै अब दिनहरुमा सहकारीहरुले आफ्नो स्वरूप परिवर्तन गर्नु पर्ने देखिन्छ। अाय आर्जनका लागि थप अन्य विकल्पका साथ अगाडि बड्नु पर्ने छ। जस अन्तर्गत सहकारीहरुले विभिन्न आयमुलक व्यवसाय गर्नु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!