सोमबार, जेठ ०५, २०७७ || 1229  पटक पढिएको

झापाको गौरादह-४ स्थितमा गाईको बाच्छो काटेको आरोपमा ३ जनालाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरादह-४ का २८ बर्षीय रमेश दर्जी,५० बर्षीय रमेश सतार र सोहि स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन । हिजो राती १० बजे रमेश दर्जीको घरमा यी तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाँउको तथा दुई वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको भनी आज बिहान सवा ८ बजे स्थानीयले प्रहरी चौकी माहारानीझोडामा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको खुल्न आएको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!