आईतवार गुल्मीमा पहिलोपटक कोरोना भाईरस संक्रमति एक पुरुष गाउँको भेला छलफल सम्म पुगेको स्थानीयवासीले बताएका छन् । मदाने गाउँपालिका वडा नम्वर ६ पुर्कोटदहका ती व्यक्तिमा सुरुमा १०० डिग्रीभन्दा कम ज्वरो आएको र खान नरुच्ने भएपछि वैशाख ३१ ग्ते पुर्कोटदह स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गर्न लगिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीहरुले उनलाई जन्डिस भएको हुन सक्ने भन्दै त्यही दिन बुटवल अस्पताल जानु भन्दै पठाएको उनको घरमा डेरा गरेर बस्ने एक कर्माचारीले बताए ।

‘उनलाई बाईकमा राखेर यहिका १ जना समाजसेवीले लगेर जानुभएको हो, पछि म पनि बुटवलको क्रिमसन अस्पतालमा गएको थिएँ’ उनले भने ‘त्यतिबेला उहाँको अवस्था सामान्य नै थियो । हिँडडुल गर्नुहुन्थ्यो ।’ उनका अनुसार उनको घरमा श्रीमान–श्रीमती र २ सन्तान रहेका छन् । उनको घरमा ४ जना डेरामा बस्ने सहित ८ जना बस्छन् । उनी स्थानीय शिक्षक भएकोले घरमा बस्नेहरुलाई र छिमेकीहरुलाई बाहिर नजान सुझाव दिँदै आएका थिए ।

वैशाख ३१ गतेअघि उनको घरमा सदरमुकाम तम्घासबाट कम्युटर सम्वन्धि काम गर्ने १ जना पुरुष र १ बालकसहित ३ जना आफन्तहरु बस्न आएका थिए । भारतबाट आउनेहरु कसैसँग पनि भेटघाट नभएको डेरामा बस्ने ती कर्माचारीको भनाई छ । तर मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले राहत वितरणको छलफल बैठकमा उनी सहभागी भएको बताइन् । उनी पुर्कोटदह बजार क्षेत्रमा हिँडडुल गर्ने गरेको स्थानीयवासीले बताए । त्यसघरमा अर्की एक महिला र उनका एक सन्तान पनि डेरा गरि बस्थे उनी केहि दिनअघि मात्र घर गएकी थिइन् । कोराना सक्रमित ब्यक्ति बैशाख २५ गते देखि बिमारी भएका थिए । उनमा कोरोना पोजिटिभ भएको सम्बन्धित निकायबाट पुष्टि गरेपछि गुल्मीवासी यतिबेला त्रसित भएका छन् ।

भोली नै स्वास्थ्य कार्यालय गुल्मीबाट खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले त्यस परिवार, छिमेकी र उनीसँग छलफल र बैठकमा बसेकाहरुको स्वाब परीक्षण गर्न जाने तयारी गरिएको डा.भवानीप्रसाद शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!