सोमबार, जेठ ०५, २०७७ || 2161  पटक पढिएको

विश्वभरी फैलिसकेको कोरोनाको कहरलाई रोकथाम गर्ने उदेश्यले देबेनरा मुन्दडा परिवार बिराटनगर नेपालको सहयोगमा लुम्बिनी माहेश्वरी समाजको प्रेरणाले मारवाडी सेवा संघ भैरहवालाई सेनिटाईजर टर्नल भिम अस्पतालकोलागि हस्तान्तरण गर्न लागिएको हो। उक्त सेनिटाईजर टर्नल बिराटनगरबाट मारवाडि संघ भैरहवाकोलागी चलान भइसकेको हामीले जानकारी पाएका छौ ।

भैरहवाको भीम अस्पताल जुन हाल कोरोना उपचार केन्द्रको रुपमा रहेको छ । भिम अस्पताललाई सेनिटाईजर टर्नल हस्तान्तरण गर्ने तयारी रहेको देबेनरा मुन्दडा परिवारले हिपमत डटकमलाई बताउनु भय।

कोरोनाको कहर बढी रहेको समयमा अस्पताल परिसरमा धेरै मानिसहरुको प्रवेश हुने भएकोले अस्पताल परिसरमा प्रवेश गर्दा सेनिटाईजर टर्नलमा सेनिटाईज गरेर मानिसहरु अस्पताल परिसरमा बस्दा कोरोनाको कहर न्यूनीकरण हुने भएकोले उक्त सेनिटाईजर टर्नल अस्पताललाई हस्तान्तरण गर्न लागेका छौ मुन्दडाले भन्नू भयो।

यस अघि पनि देबेनरा मुन्दङा परिवार र जाजु परिवारले संयुक्त रूप मा नेपाली सेनालाई लाखौ बराबरको सेनिटाईजर हस्तान्तरण गरिसकेको । लामो समयको लकडाउनमा परेको मजदुर ,किसान ,तथा गरिब
परिवारलाई राहत सामाग्री बाडी सकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!