सोमबार, जेठ ०५, २०७७ || 1082  पटक पढिएको

विराटनगर महानगरका मेयर भीम पराजुलीले कोरोना सक्रमणको यो संकटको घडीमा संयमित रहन र लकडाउनको पालना गर्न अपिल गरेका छन् । उनले आफ्ना् परिवार, समाज र राष्ट्रका लागि सुरक्षित रहन,धैर्य गर्न र लकडाउनको पालना गर्न आग्रह समेत गरेका छन् । विराटनगरमा २ जनामा कोरोना सक्रमण पुष्टी भए संगै महानगरका मेयर पराजुलीको यस्तो धारणा आएको हो ।

सोमवार पत्रकारहरुसंगको भेटमा मेयर पराजुलीले नगरवासीलाई नअतालिन र संयमित भएर बस्न समेत आग्रह गरेका छन् । उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन र विसञ्चो भएमा तत्काल खवर गर्न समेत आग्रह गरेका छन् । आफ्नो स्वास्थ्यलाई जोखिममा पारेर नागरिकको उपचारमा खटिएका स्वास्थ्यकर्मी,शुरक्षामा खटिएकका प्रहरी,जनप्रतिनिधि तथा कर्मचारीहरुलाइ समेत सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!