पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि पास सिफारिस गर्न झापा प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति मागेको छ। बिहीबार पूर्वराजा शाहले काठमाडौं जाने पासका लागि निवेदन गरेका थिए। प्रशासनले पास जारी गरेपनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो। ‘उहाँले आज पासको लागि निवेदन गर्नुभएको थियो। हामीले जारी गरिदियौं तर केही बेरमा प्रकृया नपुगेको भन्दै गृहले खारेज गरेको हो,’ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने, ‘अहिले फेरि हामीले गृहसँग अनुमति लिदैँछौं।’ अहिले पास जारी गर्न प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिन पर्ने व्यवस्था छ। सोही अनुसार प्रकृया नपुगेपछि गृहले खारेज गरिदिएको हो भने फेरि प्रशासनले गृहसँग अनुमति लिन प्रकृया थालिसकेको उनले बताए। उनका अनुसार पूर्वराजा शाहले कारणमा काठमाडौं जाने भन्नेमात्रै उल्लेख गरेको बताएका छन्। ‘उहाँले कारणमा काठमाडौं जानका लागि पासको माग गर्नुभएको छ,’ उनले भने, ‘अब उक्त कारण मन्त्रालयले कत्तिको उपयुक्त मान्ला।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!