नोना कोइराला स्मृति प्रतिष्ठानले उदयपुरका लकडाउनबाट प्रभावित विपन्न परिवारलाई राहत हस्तान्तरण गरेको छ ।
विराटनगरस्थित कोइराला निवासमा आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उदयपुर नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सहसभापति वसन्तकुमार बस्नेतलाई ३० क्वीन्टल चामल हस्तान्तरण गरे । प्रतिष्ठानले उपलब्ध गराएको चामल त्रियुगा नगरपालिकाका छाया सरकार प्रमुखसमेत रहेका बस्नेतमार्फत विपन्न परिवार र मजदुरलाई वितरण गरिनेछ । भुल्केमा कोरोना संक्रमित भेटिएसँगै उदयपुरलाई सरकारले कोरोनाको उच्च जोखिम क्षेत्रका रुपमा राखेको छ । त्रियुवा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने विपन्न समुदायको पहिचान गरेर राहत वितरण गरिने बस्नेतले जानकारी दिए ।
बस्नेतकोे सक्रियतामा त्रियुगा नगरपालिका क्षेत्रभित्रका करिब ७ सय विपन्न परिवारलाई यसअघि पनि राहत वितरण गरिसकेको जनाइएको छ । प्रतिष्ठानले प्रदेश–१ मा मात्रै होइन मुलुकमा अन्य जिल्लामा पनि राहत वितरण गरिरहेको छ । सो अवसरमा नेता कोइरालाले वडास्तरमै सर्वपक्षीय संयन्त्र बनाएर राहत वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उनले राहत वितरणलाई पारदर्शी र विवादरहित बनाउन वडास्तरमा सर्वपक्षीय संयन्त्र बनाउन सरकारसँग आग्रहसमेत गरे । प्रतिष्ठानका अध्यक्ष नारायणकुमारलगायतको सो अवसरमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!