बुधबार, बैशाख ३१, २०७७ || 798  पटक पढिएको

कोरोना भाइरस संक्रमणवाट सुरक्षित रहन सिन्धुपाल्चोकमा आजदेखि थप कडाइ गरिएको छ । बन्दाबन्दी केही खुकुलो भएकामा देशमा संक्रमितको संख्यामा दिनप्रतिदिन वृद्धि हुनै गएपछि थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताउनुभयो ।

उहाँका अनुसार दोलखा जिल्लाको सिमानामा पर्ने मुढे, काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने बन्देउ, सिपाघाट र बाहुनेपाटी तथा काठमाडौँको सिमानामा पर्ने भोटेचौर नाकामा थप कडाइ गरिएको हो । दुईतीन दिनअघिदेखि केही खुकुलो भएको बन्दाबन्दीमा शहर बजारमा अनावश्यक मानिस हिँडडुल गर्न थालेपछि औषधि जस्ता अत्यावश्यक पसलबाहेक अन्य पसल पूर्णरुपमा बन्द गरिएको छ ।

यसैबीच जिल्लामा हालसम्म विदेशवाट चैतमा आएका २०६ र जिल्लामै रहेका केही शंकास्पदसहित ६४८ जनाको द्रुतगतिको परीक्षण र ३४ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यसमध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको र अरु सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा आठ जना मात्र क्वारेन्टाइनमा रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!