आइतबार, बैशाख २८, २०७७ || 1114  पटक पढिएको

व्यावसायिक रुपमा कुरिलो खेती गर्नुभएका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ । उहाँ एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्नुहुन्छ । ‘लकडाउन भएपछि घरमै कुरिलो खरीद गर्न धेरै आउँछन्, लकडाउनले कुरिलोको माग बढ्यो, पु¥याउनै समस्या भइरहेको छ’, उहाँले भन्नुभयो । उहाँले गत फागुन २८ गतेदेखि हालसम्म रु एक लाख एक हजारको कुरिलो बिक्री गरिसक्नुभएको छ । बन्दाबन्दीको समय भएकाले बगनासकाली आसपासका क्षेत्रबाट मानिसले घरमै आएर कुरिलो लैजाने गरेपछि नियमित ग्राहकसमक्ष पु¥याउन नसकिएको उहाँको भनाइ छ । बन्दाबन्दीको समय लम्बिँदै जादा पाल्पामा कुरिलोको माग बढ्दै गएको छ । व्यावसायिक रुपमा जिल्लाको बगनासकाली– ८ बराङ्गी क्षेत्रमा कुरिलोको व्यावसायिक खेती गरिँदै आएको छ । घिमिरेले कुरिलोको माग अहिले ह्वात्तै बढेपछि बेमौसमी याम (मङ्सिर, पुस र माघ) मा उत्पादन लिनका लागि दुई सय बिरुवा टनेलमा लगाउनुभएको छ । साढे तीन रोपनी क्षेत्रफलमा कुरिलो लगाउनुभएका घिमिरे बजारमा हाल प्रतिकिलो रु चार सयमा बिक्री गर्नुहुन्छ । किसान केशवमणि बस्यालले कुरिलोको माग अहिले बढेपछि एक सय विरुवा थप गर्नुभएको छ । परीक्षणका रुपमा लगाइएको ९० बोटबाट उत्पादन राम्रो र माग धेरै भएपछि विरुवा बढाउनुभएको हो । यहाँ उत्पादित कुरिलोको बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरेको भनाइ छ । उहाँ फाइदा हुने भएपछि जेटिएको जागिर छाडेर कुरिलोको व्यावसायिक खेतीमा लाग्नुभएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा मागमा आधारित व्यावसायिक कुरिलो विस्तारका लागि तालीम, वीउवितरण जस्ता कार्यक्रम गरिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउनुहुन्छ । उहाँका अनुसार गाउँपालिकाका सबैजसो ठाउँमा कृषकले थोरैथोरै भए पनि कुरिलो लगाएका छन् । बिक्रीका लागि व्यावसायिक खेती गर्ने कृषक भने करीब छ जना छन् । जिल्लामै कुरिलोको व्यावसायिक खेती बगनासकालीको बराङ्गी क्षेत्र मात्र भएको छ । जिल्लाका अन्य स्थानमा पछिल्लो समय घरायसी प्रयोजन र सोंखका लागि पनि कुरिलो लगाउने गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । मागमा आधारित कार्यक्रमअन्तर्गत अनुदान दिनलिनका लागि एक कृषकले कम्तीमा २० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!