शनिबार, बैशाख २७, २०७७ || 738  पटक पढिएको

भारतले विश्वभरमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजाने अभियान सञ्चालन गरेको छ । ‘वन्दे भारत मिसन’ र ‘मिसन समुद्र सेतु’ अभियान सञ्चालन गरेको भारतले हालसम्म विभिन्न देशबाट एक हजार ४२५ जना भारतीयलाई आठवटा उडानमार्फत स्वदेश फिर्ता गरी सकिएको छ ।

त्यस्तै, भारतीय नौसेनाले जल मार्गमार्फत माल्दीभ्सको राजधानी मालेबाट ६९८ जनालाई केरलाको कोची पुरयाएको छ । नेपालबाट पनि समस्यामाा परेका आफ्ना नागरिक लैजाने तयारी भारतले गरेको छ । नेपालबाट भारत जान चाहनेहरुले नेपालस्थित भारतीय दूतावासमा निवेदन दिइरहेका छन् । सबै प्रकृया पूरा भएपछि उनीहरुलाई आफ्नो देश लगिने भारतीय दूतावास स्रोतले जनाएको छ ।

दूतावासका अनुसार हालसम्म पाँचसय भन्दा बढीले फर्म भरेका छन् । हवाई रुटमार्फत संयुक्त अरब इमिरेट्स, बहराईन, सिंगापुर र ढाकामा फसेका नागरिकलाई भारतले घर फर्काएको हो भने अन्य देशहरुबाट पनि उद्धार गर्ने क्रम जारी छ ।

आउने केही दिनमा हजारौं भारतीयहरुलाई स्वदेश फर्काउने लक्ष्य भारतले लिएको छ । भारतले कोरोनाको जोखिम न्यूनीकरणका लागि मेई १७ सम्म लकडाउन घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!