शनिबार, बैशाख २७, २०७७ || 704  पटक पढिएको

जानकी मन्दिरको शिलान्यास विसं १९५२ माघ २८ गतेमा भई विसं १९६७ माघ २८ गते प्रतिष्ठा भएको हो । प्रतिष्ठाका अवसरमा महाराजा प्रतापसिंहकी महारानी वृषभान कुँवरीको मृत्यु भइसकेकाले महाराजाको दोस्रो पत्नी गणेश कुँवरी साथ सीतारामका मणिविग्रहका आकर्षक मूर्ति प्रतिष्ठा गरिएको इतिहास पाइन्छ । जानकी मन्दिरका वर्तमान महन्त रामपतेश्वर दासले शतवार्षिकी समारोह, विशेष धार्मिक प्रवचन, विवाह पञ्चमी, रामनवमी, झुलन पर्व, जानकी नवमी, कोजाग्रत पूर्णिमा, अन्नकुट उत्सवको आयोजना गरी यस क्षेत्रको धार्मिक विकासतर्फ केन्द्रित रहेको देखिन्छ । विवाद किन ? शिष्य रामरोशन दासले महन्त रामतपेश्वर दास केही समय अस्वस्थ्य भएको बेलादेखि आपूmलाई उत्तराधिकारी र छोटे महन्त भन्दै मन्दिरलाई कब्जा गर्ने मनसायले महन्तलाई महत्वहीन बनाउँदै क्रमिकरूपले आफ्नो प्रभुत्व हरेक क्षेत्रमा स्थापित गरी महन्तसँग पूर्ण अधिकारको माग गर्दै धाक धम्की दिएपछि मन्दिरको विवाद जनस्तरमा आएको हो । महन्त रामतपेश्वर दासका अनुसार शिष्य रामरोशनले जानकी मन्दिरको नामलाई आफ्नो निहित स्वार्थ पूर्तिको माध्यम बनाउँदै मन्दिरमा राजनीति, संस्कारहीनता र सङ्घ, प्रदेश र बृहत्तर क्षेत्र विकास परिषद्लगायतका सङ्घसंस्थाबाट करोडौँ रकम असुली गरी व्यक्तिगत कार्यमा प्रयोग गरेको र आपूmले सोबारेमा शिष्यलाई स्पष्ट गर्न भन्दा आपूmलाई अभद्र व्यवहारदेखि धाकधम्कीसमेत दिएको बताइएको छ । शिष्य रामरोशनले विवाह पञ्चमी, जानकी नवमीलगायत उत्सवका नाममा विभिन्न निकायसँग लिएको रकमबारेमा आप्mूले प्रदेशसँग अभिलेख उपलब्ध गराउन आग्रह गरेको बताउँदै उहाँले भन्नुभयो, “शिष्य रामरोशनले असुली गरेको रकमको हिसाब सार्वजनिक गर्नुपर्छ, सो नगरेकामा कारवाहीको प्रक्रियामा जानेछु ।” महन्त दास आफ्ना एकजना गृहस्थ शिष्यले नै मन्दिरको सम्पूर्ण व्ययभार गरिरहेको अवस्थामा शिष्य रोशनलाई पटक पटक अन्यसँग सहयोग र दान नलिन सुझाव दिँदा रोशनले विश्वासघात गरी मन्दिरको भविष्यमाथि नै प्रश्न चिह्न लगाउने क्रियाकलाप गरिरहेको बताउनुहुन्छ । महन्तमाथि आरोप महन्त रामतपेश्वर दास मन्दिरमा धार्मिक वातावरण निर्माणका कार्यक्रम सञ्चालन गरे पनि मन्दिरका सम्पूर्ण जग्गा बिक्री गरिसकेको आरोप छ । जानकी मन्दिरको साविक ५९८ बिघा १० कट्ठा चार धुर रहेकामा महन्त रामतपेश्वरले गुरू महन्त रामशरण दासको हस्ताक्षरको छाप प्रयोग गरी सोमध्ये अधिकांश जग्गा बिक्री गरिसकेको आमसमुदायमा चर्चा पाइन्छ । गुठी संस्थानका कर्मचारीको मिलेमतोमा महन्त दासले केही समयअघि फूलबारीको जग्गासमेत बिक्री गरेको आरोप रहेको छ । सो संस्थान केन्द्रीय कार्यालयका अनुसार महन्तका शिष्य रामरोशन दासलाई सिंहदरबार प्रवेश सन्दर्भमा जानकी मन्दिरको पत्रका आधारमा उत्तराधिकारी महन्तको परिचयपत्र जारी गरिएको हो । महन्त रामपतेश्वर दास जानकी मन्दिरले सो संस्थानलाई शिष्य रामरोशनलाई उत्तराधिकारीको परिचयपत्र बनाई दिन कुनै पत्र नलेखेको बताउँदै गुठी ऐनमा उत्तराधिकारी महन्तको व्यवस्था नरहेको अवस्थामा गुठीले शिष्यलाई कसरी उत्तराधिकारी महन्तको परिचयपत्र दियो प्रश्न गर्नु हुुन्छ । यसैबीच शिष्य रामरोशन दासले जानकी नवमीका दिन आफूले केक नकाटेको स्पष्ट गर्दै मन्दिरको मान्यता विपरीत कुने गतिविधि नगरेको बताउनुहुन्छ । प्राध्यापक डा भोगेन्द्र झा महन्त र शिष्यबीचको विवादले पूजनीय, आस्था र विश्वासको प्रतीक रहेको जानकी मन्दिरको भविष्य नै अन्योलमा परेकाले समस्या समाधानलगायत मन्दिरको अस्तित्व रक्षा गर्न सबै क्षेत्र अग्रसर हुुनु जरूरी रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!