शनिबार, बैशाख २७, २०७७ || 711  पटक पढिएको

बन्दाबन्दीका कारण अभाव भोगेका विपन्न र गरीब समुदायका १८ हजार परिवारलाई बर्दियामा पहिलो चरणको राहत वितरण भएको छ । कोरोना भाइरस संङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न भएको बन्दाबन्दीका कारण दिनहँु छाक टार्न समस्यामा परेका गरीब र श्रमिकवर्गका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिलो चरणमा अहिलेसम्म १७ हजार ९३४ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यलय बर्दियाका सूचना अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिनुभयो । आठ पालिका रहेको बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका छन् । पालिकाका टोल विकास संस्थामार्फत नामावली सङ्कलन गरिएको तर केही फर्जी र हुनेखाने परिवारले समेत राहत लिएकाले त्यस्तालाई कारवाहीको माग भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!