शनिबार, बैशाख २७, २०७७ || 1027  पटक पढिएको

सीमा बचाऔं अभियानले नेपाली भूमिको रक्षा गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । प्रभावकारी कूटनीतिक पहल नहुँदा नेपाली भूमिमा विदेशीले परेड खेल्दा समेत टुलुटुलु हेरेर बस्नु परेको अभियानको निश्कर्ष छ । ‘नेपालको छातीमा भारतीय गाडीहरू गुड्न सुरु भएको छ र सरकारको नालायकीपनका कारण नेपाली जनता आफ्नो भूमिमा विदेशीले परेड खेलेको टुलुटुलु हेरेर बस्न बाध्य भएको छ,’ अभियानका संयोजक भैरव रिसालले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ । आफ्नो भूमिमाथि नांगो हस्तक्षेप गरेर भारतले ८० किलोमिटर सडक निर्माण गरिसक्दा समेत नेपाल सरकारले थाहा नपाएको र अहिले उदघाटन भइसकेपछि पनि मौनता साँधेर बसेको विज्ञप्तिमा उल्लेख छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी नै अन्तर्राष्ट्रिय सीमा नदी भएको र त्यसपछि कुनै सम्झौता भए सार्वजनिक गर्नुपर्ने उसको माग छ । विज्ञप्तिमा भनिएको छ, ‘सुगौली सन्धिपछि महाकालीको स्रोत सम्बन्धमा नयाँ सन्धि भएको भए सार्वजनिक गर, कालापानी लगायत महाकाली पूर्वका क्षेत्र भारतीय सुरक्षाकर्मीलाई बस्न दिने को हुन, आधार सहित आधिकारिक जानकारी देऊ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!