शुक्रबार, बैशाख २६, २०७७ || 811  पटक पढिएको

अभिनेत्री नम्रता श्रेष्ठले ‘रक्षा नेपाल’लाई सहयोग गरेकी छन् । उनले रक्षा नेपालमा रहेका किशोरीहरुको लागि खाध्यसामग्री र हरियो तरकारी सहयोग गरेकी हुन् ।

‘हाम्रो सानो प्रयास’ अभियान अन्तर्गत उनले ‘रक्षा नेपाल’लाई १५ दिनका लागि पुग्ने खाध्य सामाग्री र तरकाी दिएकी हुन् ।

‘रक्षा नेपाल’मा सहयोग गर्न आएकी नम्रतालाई देखेपछि त्यहाँका किशोरीहरु खुसी देखिएका थिए । उनीहरुले नम्रतासँग सेल्फि खिचाउनुका साथै अटोग्राफसमेत लिएका थिए ।

‘रक्षा नेपाल’ मानव अधिकारवादी संस्था हो । संस्थाले यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ । संस्थामा ७० जना किशोरी र बालबालिका रहेका छन् ।

नम्रताले सहयोग गरेको अभियान ‘हाम्रो सानो प्रयास’मा कलाकार विजय लामा, फिल्म निर्देशक मिन भाम, अभिनेत्री नम्रता श्रेष्ठ, पुकार बम, दीपकराज सापकोटा लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!