मंगलबार, बैशाख २३, २०७७ || 1114  पटक पढिएको

झापा भद्रपुर नगरपालिका–४ स्थित साना किसान सहकारी संस्थाले किसानको घरघरमा मल र बीउ पु¥याउन थालेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिएपछि किसानलाई बर्खेखेतीका लागि आवश्यक पर्ने मल, बीउ सहकारीले घरघरमा पुर्याउन थालेको हो । किसानलाई बर्खेबाली लगाउन सहज होस् भनेर संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घरघरमा मल, बीउ पु¥याउन थालेको संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतले जानकारी दिनुभयो । “सेवा क्षेत्र रहेको भद्रपुर वडा नं ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पु¥याउन शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “लकडाउनका बेला किसानलाई केही भए पनि सहयोग मिल्ने विश्वास छ ।” संस्थाले पहिलो चरणमा २०० बोरा डिएपी मल र १०० बोरा उन्नत जातको धानको बीउ सहुलियत मूल्यमा उपलब्ध गराएको छ । संस्थाले कृषि सामग्री संस्थान दमकस्थित कार्यालय र वीरगञ्जबाट मल, बीउ ल्याएर वितरण गरेको हो । समयमै मल, बीउ उपलब्ध गराउन नसकिए उत्पादन घट्ने भएकाले थप मल, बीउ ल्याएर वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!