
कोरोना भाइरस नियन्त्रणको अभियानमा सहयोगी हाथ र सहयोगी मनहरुलेपनि एैक्यवद्धता जनाउदै आ–आफनो ठाउवाट सक्दो सहयोग गरिरहेका छन । कोरोना नियन्त्रण अभियानमा स्वास्थ्यकर्मी तथा नेपाल प्रहरीहरु अग्रपंिक्तमा रहेर अहोरात्र खटि रहेका छनभने उनिहरुलाई त्यस्ता सहयोगी हाथ सहयोगी मनहरुले पनि उत्तिकै सहयोग पुु¥याई रहेका छन ।
ज्यानको वाजी लगाउदै कोरोना सक्रमण फैलन नदिन तथा लकडाउनको पालना गराउन घामपानी नभनि खटिएका कतिपय सुुरक्षाकर्मीलाई पर्याप्त मात्रामा स्वास्थ्य समाग्री उपलव्ध छैन ।
यस्तो अवस्थमा दिनरात खटिने प्रहरीका लागी सहयोग पुु¥याउन भन्दै औषधी व्यवसायीसंघ मोरङले प्रहरीलाई विभिन्न स्वास्थ्य समाग्री प्रदान गरेको छ । संघमा आवद्ध व्यवसायीहरुले इलाका प्रहरी कार्यालय रंगेलीमा पुुगेर त्याहा खटिने प्रहरीका लागी दुुइसय थान मेडिकेयर माक्स, सोही शख्यामा ग्लोव्स, १० लिटर सेनेटाइजर तथा रुघाखोकीका ओषधी उपलव्ध गराएको औषधी व्यवसायीसंघ मोरङका उपाध्यक्ष एंव प्रवक्ता देशवन्धुु ढकालले वताउनुुभयो ।
संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लेखनाथ दाहाललाई सामाग्री हस्तान्तरण गर्नुु भएको थियो । सो अवसरमा अध्यक्ष तिम्सिनाले सिमाक्षेत्रमा घामपानी वर्षा नभनी २४ घन्टा सिमाक्षेत्र तथा अन्य स्थानमा खटिएका प्रहरीलाई केहि भएपनि सहयोग पुुगोस भनेर सहयोग गरेको वताउनुुभयो । स्वास्थ्य समाग्री ग्रहणगर्दै प्रहरी निरिक्षक दाहालले कार्यालय मातहत १७ प्रहरी युुनिटमा १ सय ४० जना प्रहरी जवान २४ घन्टा परिचाल भएको र उपलव्ध स्वास्थ्य समाग्री ती प्रहरीले जवानकालागी प्रयोगमा ल्याइने वताउनुुभयो । यसरी सवैको सहयोगका कारण प्रहरीहरुको मनोवल समेत उच्च भएको उहाले वताउनुुभयो ।
लामो समयदेखी मुुलुक लकडाउन भएका कारण अति आवश्किय औषधिको अभाव हुुन थालेपछि औषधि व्यवसायी संघले विराटनगर–८ मा रहेको विराटेश्वर वृद्धआश्रम तथा वुुढिगंगा गाउपालिका–१ मा रहेको महिला जागृति तथा वृद्धआश्रमका वृद्धवृद्धालाई एक महिनाका लागी निशुूल्क औषधि , खादान्न तथा विभिन्न स्वास्थ्य समाग्री समेत उपलव्ध गराएको उपाध्यक्ष ढकालले वताउनुुभयो ।
औषधी व्यवसायी संघका महासचिव दिनेस ठाकुुर , सचिव हरिराज रेग्मी, सह कोषाध्यक्ष पुुष्पराज पोखरेल, सदस्य प्रकाश धिमाल सहितको टोलीले प्रहरी युुनिट तथा वूद्धआश्रम पुुगेर औषधी तथा स्वास्थ्य समाग्री वितरण गरेको हो ।
