आइतबार, बैशाख २१, २०७७ || 733  पटक पढिएको

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम र उपचारका लागि प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शीरूपमा वितरण भइरहेको जनाउनुभएको छ । ‘सेभ द चिल्ड्रेन’ले दिएको स्वास्थ्य सामाग्री आज मन्त्रालयमा आयोजित कार्यक्रममा ग्रहण गर्दै मन्त्री ढकालल कुन संस्थाले कति दिएको र कहाँकहाँ वितरण गरिएको भन्ने सबैले जानकारी लिनसक्ने गरी प्रबन्ध गरिएको बताउनुभएको हो । मन्त्री ढकालले स्वास्थ्यकर्मीको अगुवाइमा कोरोनाविरूद्धको लडाइँ लडिरहेको भन्दै उहाँहरूको मनोबल उच्च बनाउनुपर्ने बताउँदै अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको उल्लेख गर्नुभयो । उहाँले ती सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोनाको सङ्क्रमणबाट रोक्न सहयोग पुग्ने बताउँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा प्राप्त ऐक्यवद्धताका लागि आभार प्रकट गर्नुभयो । सो अवसरमा सेभ द चिल्ड्रेनले पिपिइसहित १ हजार ७ सय ४३ सेट आदि सामग्री हस्तान्तरण गरेको थियो । सो संस्थाका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले थप सामग्री दिने तयारीसमेत रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!