आइतबार, बैशाख २१, २०७७ || 820  पटक पढिएको

बर्दिया जिल्लामा बन्दाबन्दीका कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन् । सरकारले महत्वपूर्ण योजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामले निरन्तरता पाएका हुन् । सरकारले आयोजना सञ्चालनका लागि बनाएको मापदण्डानुरुप व्यवस्था गर्ने गरी आवश्यकता र प्राथमिकताका आधारमा काम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुमति दिएको छ । आवश्यक स्वास्थ्य सुरक्षा प्रबन्ध गरी काम सञ्चालन गर्न सकिने निर्णय गरिएअनुसार जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना, कर्णाली नदी व्यवस्थापन आयोजना, रम्मापुर–गुलरिया–रझना सडक, भादापुल निर्माण, मधुवन र बारबर्दिया नगरपालिका जोड्ने सडकलगायत स्थानीय तहका ठूला साना योजना पुनःसञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । बबई सिँचाइ आयोजनाले पुनः काम शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट काम गर्ने अनुमति लिएर आयोजनाले काम शुरु गरेको हो । जिल्लामा ३८ ठेक्कामार्फत काम सञ्चालन हुँदै आए पनि अहिले १५ वटाले मात्रै अनुमति पाएका छन् । जिल्ला प्रशासन कार्यालय र पालिकाहरुले दिएको निर्देशनानुसार काम गर्ने मजदूरको स्वास्थ्य सुरक्षालाई ध्यान दिई निर्माण कम्पनीले बनाएको शिविरमै खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको निर्माण व्यवसायी रामबाबु सुवेदीले बताउनुभयो । जिल्लामा बबई सिँचाइ आयोजनासहित ठूला, मझौला र साना गरी झण्डै दुई सय योजना सञ्चालनमा छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!