नेपाली सिनेनगरीमा पछिल्लो समय नायिकाहरुको बिवाह लहर चलिरहेको छ । गत वर्ष नायिकामा प्रीयंका कार्की र आचल शर्माले आ-आफ्नो प्रेमी संग बिवाह गरिन् भने यसवर्षको पहिलो महिना बैशाखमै नायिका मरिष्का पोख्रेलले बिवाह गरेकी छन् । यस वर्षको सिनेनगरिमा बिवाहको सुरुवात उनले गरेकी छन् । उनि पनि आफ्नै प्रेमी संग बिवाह बन्धनमा बाधिएकी हुन् ।

अस्ट्रेलियामा ८ वर्ष देखि बस्दै आएका उनका प्रेमी संग बिगत २ वर्ष देखि पोख्रेल प्रेम सम्बन्धमा थिइन् । गत साता अस्ट्रेलियामा नै उनीहरूबीच औँठी साटासाट भएको हो । नायिका मरिस्का पोखरेलले चलचित्र क्षेत्रमा भने सुखद् यात्रा तय गर्न सकिनन् । औसतमा उनको अभिनयलाई तारिफ मिले पनि उनी अभिनित फिल्मले चर्चा र व्यापार खासै गर्न सकेन ।

डेब्यु चलचित्र ‘के म तिम्रो होइन र’बाट आशलाग्दो नायिकाको रुपमा उदाएकी उनले त्यसपछि सफलता पाइनन् । उनी अभिनित दोश्रो फिल्म चपली हाईट २ ले पनि दर्शको भ्युबाट हाईट पाउन सकेन । दुबै फिल्मले सफलता नपाए पनि उनलाई एउटा म्युजिक भिडियोले भने सबैको नजरमा पार्न सफल भयो । सन २०१५ मा स्वरुप राज आचार्यको गीत “आज मनमा” बोलको गीतको म्युजिक भिडियोबाट मोडलिङमा डेब्यु गरेकी उनलाई “सालको पातको टपरी” बोलको गीतमा बनेको भिडियोले रातारात हिट बनायो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!