शनिबार, बैशाख २०, २०७७ || 1082  पटक पढिएको

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिरहनुभएका सुरक्षाकर्मीका लागि एमभी दुगड ग्रुपअन्तर्गत विवेक अटो मोबाइल प्रालि पोखराले स्वास्थ्य सामग्री तथा खाजा सहयोग गरेको छ । चितवनको इलाका प्रहरी कार्यालय मुग्लिनको चेकपोष्ट, गण्डकी प्रदेशको मूलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पुलजिप चेकपोष्ट र प्रहरी चौकी मझुवा गोरखाको चेकपोष्टमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीका लागि सो संस्थाले शुक्रबार स्यानिटाइजर, मास्क, पिउने पानी र चाउचाउ सहयोग गरेको हो । प्रत्येक चेकपोष्टलाई २० थान स्यानिटाइजर, १०० थान मास्क, पाँच कार्टुन पिउने पानी र दुई कार्टुन चाउचाउका दरले सहयोग गरेको विवेक अटोमोबाइल प्रालि गण्डकी प्रदेशका प्रमुख अनिल श्रेष्ठले जानकारी दिनुभयो । लकडाउनको समयमा दिनरात सुरक्षामा खटिएका प्रहरी तथा सुरक्षाकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी विवेक अटोमोबाइल प्रालि पोखराका कर्मचारी उमेश भट्टराई र राजकुमार श्रेष्ठको सहयोगमा सो स्वास्थ्य सामग्री तथा खाजा वितरण गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!