शनिबार, बैशाख २०, २०७७ || 1277  पटक पढिएको

कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ । गत वर्षको माघ ३ गते अन्नपूर्ण गाँउपालिका वडा नं ११ मा पर्ने हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा तीनजना नेपाली गाईड तथा चारजना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए ।

बेपत्ता भएका उनीहरुको खोजीमा नेपाली सेनाको पश्चिम पृतना हेड्क्वार्टरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोली खटिएको थियो ।

टोलीले दुई जना नेपाली गाइड र तीनजना कोरियन पर्यटकहरुको शव पहिल्यै नै फेला परिसकेको थियो । टोलीले शुक्रबार फेला पर्न बाँकी एक जना नेपाली र एक जना कोरियन नागरिकको शव पनि फेला पारेको छ । शवलाई शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पु-याएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!