शुक्रबार, बैशाख १९, २०७७ || 734  पटक पढिएको

लकडाउनका कारण चुल्हो बल्नै असहज हुन थालेका अति विपन्न, दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकाहरुलाई नेपाली काँग्रेसले राहत वितरण थालेको छ । काँग्रेसको सिरहा धनगढीमाई नगर कार्यसमितिले पार्टीका नेता कार्यकर्ता तथा शुभ चिन्तकहरुको आर्थिक सहयोगबाट चामल, दाल र नुन वितरण थालेको हो । समितिले नगरका १४ वटै वडाका ३ हजार घरपरिवारलाई प्रति परिवार साढे १२ किलो चामल, एक÷एक किलो दाल र नुन प्रदान गरेको छ ।

नेपाली काँग्रेसका सिरहा सभापति तथा पूर्व सभासद् रामचन्द्र यादवले धनगढीमाई १४ वडाका पार्टी कमिटि नेतृत्वमा स्थानीय जनप्रतिनीधिहरुसँँगको समन्वयमा राहत वितरण गरिएको बताए । महासमिति सदस्य तथा जिल्ला सचिव पञ्चलाल महतोका अनुसार राहतका लागि तीन सय क्विन्टल चामल, २० क्विन्टल मसुरोको दाल र ३ हजार किलो नुन खरिद गरिएको छ । ‘वडा कार्यालयसँग समन्वय गरी पहिचान गरिएका तीन हजार परिवारलाई वडा स्तरीय समितिले वितरण गर्नेछ’ उनले भने, ‘हरेक वडाका वडाध्यक्ष, पार्टीका अगुवा, अन्य राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत समन्वय गरी पहिचान गरिएका परिवारलाई राहत दिन्छौं, त्यसमा पार्टीगत रुपले काखापाखा हुँदैन ।’

स्थानीय युवा नेता अरुण यादवले विपद्को समयमा नगरपालिकाले राहत बाँडेको भएपनि छुटेका अति बिपन्नलाई राहत दिने योजना अन्तर्गत राहत सामग्री वडा स्तरीय समितिको जिम्मा लगाइएको बताए । कोरोना महामारीको संकटको बेलामा विशुद्ध मानवीय रुपले सहयोग गर्न धनगढीमाईसहित लहान, मिर्चैया र अन्य स्थानीय तहमा पनि पार्टीमार्फत् राहत वितरण थालिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!