न्यूजिल्याण्डमा लकडाउन खुकुलो पारिएको छ । न्यूजिल्याण्ड कोरोनाको अति उच्च जोखिमबाट एक तह तल झरेको छ ।

अब न्यूजिल्याण्डमा तेस्रो स्तरको लकडाउन छ । यसअन्तर्गत मानिसहरु अहिले पनि आफ्नो घरभित्रै बस्नुपर्छ तर उनीहरु आफ्ना नजिकका आफन्तलाई भेट्न सक्छन् र आइसोलेशनमा बसिरहेका मानिसहरुलाई मद्दत गर्न सक्छन् ।

मानिसहरु सम्भव भएसम्म आफ्नो घरमै बस्ने कोसिस गर्नुपर्छ र पसलेहरुले सम्पर्कविहिन सेवा प्रदान गर्न सक्छन् ।

रेष्टुरेन्टमा हालसम्म अनलाइन डेलिभरीको सुविधा थियो भने अब त्यहाँबाट खाना प्याक गरेर लैजान सकिन्छ ।

मानिसहरु आफ्ना नजिकका आफन्त र परिवारका सदस्यसँग पार्क वा समुद्र किनारमा जान सक्छन् ।

स्कूल खोल्न सकिनेछ तर उनीहरुले सामाजिक दूरीको पालना गर्नुपर्नेछ । ठूलो संख्यामा मानिसहरु जम्मा हुन र सार्वजनिक स्थान खोल्न अहिले पनि प्रतिबन्ध छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!