सोमबार, बैशाख १५, २०७७ || 1371  पटक पढिएको

कोरोना भाइरस नियन्त्रणका लागि लाक डाउन गरिएपनि देशभरी नै जनस्तरबाट यसको उल्लङ्घन हुन थालेको छ । सरकारले आइतबार वैशाख २५ गतेसम्म लक डाउन जारी रहने निर्णय गरेको छ । तर जनस्तरमा भने यसको पालना भएको पाइएको छैन् । चैत ११ बाट जारी लक डाउनको समय लम्बिदै गएपछि सर्वसाधारण र स्थानीय तहहरुले यसको उल्लंघन गरिरहेका छन् ।

उपत्यका लगायतका देशका अन्य ठूला सहरबाट गाउँ जाने सर्वसाधारणहरुको भीड छ । स्थानीय तहहरुले गाडी नै बुकिङ गरेर आफ्ना नागरिकहरुलाई गाउँ भित्र्याइरहेका छन् । कोरोना नियन्त्रणका लागि सामाजिक दुरी कायम राख्नुपर्ने स्वास्थ्य विज्ञहरुले बताइरहेपनि स्थानीय तहहरुले एउटै गाडीमा ठूलो संख्यामा सर्वसाधारण राखेर गाउँ भित्र्याइरहेका छन् ।

यसैबीच विराटनगरबाट उद्दार गरिएका केही व्यक्तिहरु नागढुंगामा अलपत्र परेका छन् । विराटनगरबाट आएका गाडीहरु प्रहरीले उपत्यका प्रवेश गर्न नदिएपछि उनीहरु नागढुंगामै अलपत्र परेका हुन् । विराटनगर महानगरपालिकाले विभिन्न ७ वटा गाडीमा राखेर १ सयभन्दा बढी नागरिकलाई काठमाडौं पठाएको थियो । यसैगरी रतुवामाई गाउँपालिकाले पनि आफ्ना नागरिकहरुलाई लैजान पठाएको गाडीमा आएकाहरु पनि अलपत्र छन् । विराटनगरबाट काठमाडौं आएका सर्वसाधारण कागेश्वरी मनोहरा ८ का स्थानीय विष्णु प्रसाद गुरागाईंले काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकको उद्दार गर्न रतुमाइ गाउँपालिकाले पठाएको गाडीमा आफु आएको बताए । गाउँपालिकाले काठमाडौं जान लागेको गाडी खाली नै भएकाले आफुहरुलाई त्यसैमा जान भनेपछि नागढुंगामा प्रहरीले रोकेर राखेको बताए । गुरागाईंका अनुसार गाउँपालिकाले उपत्यकाबाट २ सयभन्दा बढी नागरिकहरुलाई लैजान गाडी पठाएको हो ।

सिन्धुपाल्चोक जान विराटनगरबाट आएका याङलुङ तामाङले प्रहरीले आफुहरुलाई रोकेपनि आफुसँगै आएकाहरुलाई गाडीमा काठमाडौं पठाएको आरोप लगाए । ‘विराटनगरबाट मेयरले मिलाएर पठाउनुभयो । बाटोमा केही भएन् । गाडीमा औषधि पनि हालिएको थियो । तर यहाँ आएपछि हामीलाई प्रहरीले रोकेको छ । केहीलाई काठमाडौं पठाएको छ ।’, उनले भने, ‘पठाउने भए सबैलाई पठाउनुपर्ने नभए सबैलाई फर्काउनुपर्ने थियो । हाम्रो बिजोग भयो ।’

लक डाउनको चौतर्फी उलंघन हुन थालेपछि गृहमन्त्रालयले लक डाउन कडाई गर्न निर्देशन दिएको छ । गृहले सोमबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै लक डाउन उल्लंघन गर्न नदिनका लागि आवश्यक कदमहरु चाल्न निर्देशन दिएको हो । सवारी पास नभएका सवारी पनि चलेको पाइएको भन्दै गृहले प्रमुख जिल्ला अधिकारीलाई थप कडाई गर्न पत्राचार गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!