
मिर्चैया ट्राफिक प्रहरी पोष्ट र यूवा व्यापारी विकाश सिंह(बिकि)को सहयोगमा पैदल हिँडेका मजदुरलाई चाउँचाउँ पानी वितरण गरेको हो ।
नोवेल कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीबाट बचाउन सरकारले लामो लकडाउन पछि घर हिँडेका मजदुरलाई मिर्चैया ट्राफिक प्रहरी पोष्टको अगुवामा र यूवा व्यापारी विकाश सिंह(बिकि)को आर्थिक सहयोगमा पैदल हिँडेका मजदुरलाई चाउँचाउँ र पानी वितरण गरिएको छ ।
दैनिक जिवन यापनको लागी देशका विभिन्न भागमा पुगेका निर्धा, निमुखा, निरक्षर, नागरिक श्रमिक काम गर्ने ठाउँमा राहत र वस्ने उचित व्यवस्था सरकारले नदिएकोले भोक भोकै बाटोमा हिडिरहेका छन । लगभग सैयौं किलोमिटर भोक भोकै यात्रा गरिरहेका छन् । मजदुरहरूको गाँस, बाँस र यात्राको उचित व्यवस्थापन नभएकोले बाध्य भएर हिड्नु परेको बाटो हिडने यात्रुहरुलाई आफुले सहयोग गरेको यूवा व्यापारी विकाश सिंह(बिकि)ले बताए ।
