विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुहरु १० घण्टादेखि थानकोटमा अलपत्र परेका छन् ।

महानगरले अलपत्र परेकाहरुलाई सात वटा गाडीमा राखेर १६० जनालाई पठाएको थियो । आइतबार ३ बजेतिर गाडी चढेका उनीहरु विहान ५ बजेतिर थानकोट आइपुगेका थिए ।

‘काम परेर जाँदा लकडाउनका कारण उतै थुनिएका थियौं । स्थानीय तहले पास बनाएर पठाएपछि आएका थियौं,’ थानकोटमा रोकिएका बनेपाका रमेश प्रसाईँले भने, ‘विहान ५ बजेदेखि यहाँ अलपत्र छौं ।’

उनीहरु चढेर आएका केही गाडी फर्किसकेका छन् । तर प्रहरीले यात्रुहरुलाई रोकेर राखेको छ ।

सोमबार विहानै केहीलाई नाम टिपेर छाडे पनि केहीलाई रोकिराखेको र हिँजोबाट केही खानसमेत नपाएको उनीहरुले बताएका छन् ।

विराटनगर, विर्तामोड र जाेमसाेमलगायत स्थानबाट आएका करिब २ सय यात्रुहरु अलपत्र परेका छन् ।

यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली, ट्राफिक प्रहरी प्रमुख भीम ढकाललगायत नागढुंगा, थानकोट लगायतका स्थानमा अवलोकन नाकामा पुगेका छन् । उनीहरुले यात्रुहरुलाई फर्काउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

एसएसपी ज्ञवालीले पास बिनाका कुनै पनि गाडि प्रवेश नदिने बताए । यहाँ आएका सबै गाडी फर्काउन भनिएकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!