सोमबार, बैशाख १५, २०७७ || 932  पटक पढिएको

कोरोना भाइरसको महामारीले विश्वमा सबैभन्दा बढी होटल तथा उड्डयन क्षेत्रलाई प्रभाव परेको छ। आन्तरिक आवतजावत ठप्प भइरहेको समयमा अन्तर्राष्ट्रिय उडान, पर्यटक आवागमन, घुमफिरजस्तो विश्व पर्यटनको चहलपहलमै कमी आउने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले यसअघि घोषणा गरिसकेको छ।

आईकाओको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२० सेप्टेम्बरसम्म हवाई यात्रुको संख्यामा १ अर्ब २० करोडले कमी आउनेछ। यही अप्रिल २२ मा सार्वजनिक गरिएको प्रक्षेपणमा अन्तर्राष्ट्रिय रूपमै हवाई यात्रुको संख्यामा अघिल्लो वर्षको तुलनामा उक्त संख्यामा कम हुने उल्लेख छ।

हवाई यात्रुको संख्या अन्तर्रा्ष्ट्रिय उड्डयन क्षेत्रको क्षमताभन्दा एकतिहाइले घट्ने प्रक्षेपण गरिएको छ। यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आयमा पनि १ खर्ब ६० अर्बदेखि २ खर्ब ५३ अर्ब डलरसम्म कमी आउने जनाइएको छ।

उड्डयन क्षेत्रले अन्तर्रा्ष्ट्रिय स्तरमा जोड्ने काम मात्रै नगरी रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधिमा असर गर्ने हुन्छ। हरेक वर्ष ३ करोड ८० लाख व्यावसायिक उडानबाट ४८ हजार ५ सय रुटको प्रयोग गरी ४ अर्ब ३० करोड यात्रुले हवाई उडान गरेको एभिएसन बेनिफिट्स रिपोर्ट २०१९ ले जनाएको छ। यसबाट ६ करोड ५५ लाख जनाले रोजगारी पाएका थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुनिता कार्कीले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!