खबर ठुलो छ

हिपमत डटकम १४ बैशाख २०७७


झापा -आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीषक्षको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

सामान्य स्वास्थ्य अवस्था रहेका उनी अहिले अस्पतालको निगरानीमा छन् । यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ । आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना भने डिस्चार्ज भएका छन् ।

पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन्। पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको थियो । आइतबार नै वीरगञ्जका दुईजनामा कोरोना देखिएको थियो ।

आइतबार, बैशाख १४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया