आइतबार, बैशाख १४, २०७७ || 888  पटक पढिएको

कीर्तिपुर महानगरपालिकाका विभिन्न सात स्थानमा स्पर्शरहित हात धुने स्टेसन जडान गरिएको छ । ती स्थानमा हातले धारा नछोई साबुनपानीले हात धुन सकिन्छ ।

कीर्तिपुर प्रवेशद्वार, कीर्तिपुर नगरपालिकाले कार्यालय भवनअगाडि र फोहोरमैला प्रशोधन केन्द्र, नयाँ बजारअगाडि जडान गरिएको छ । त्यस्तै पाँगा दोबाटो, नगाउँ दोबाटो, ढोकासी टोलमा पनि हात धुने स्टेसन जडान गरिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९)बाट बच्ने सबैभन्दा प्रभावकारी उपाय साबुनले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धुनु रहेको छ । तर भाइरस विभिन्न सतहमा तीन दिनसम्म बाँच्न सक्ने भएकाले धाराको नलजस्ता सतह सङ्क्रमित भई भाइरस सर्नसक्ने सम्भाव्यतालाई न्यूनीकरण गर्न स्पर्शरहित हात धुने स्टेसन स्थापना गरिएको स्टेसन जडानको प्राविधिक सहयोगी संस्था गुथीले
जनाएको छ ।

यस स्टेसनमा खुट्टाले प्याडल दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुने भएकाले हातले धारा छुनु पर्दैन । स्टेसन जडानपछि आगामी तीन महिनासम्म दिनहँु पानी भर्ने र झोल साबुनको व्यवस्था गर्ने जिम्मा गुथीले गर्ने नगरपालिकाले जनाएको छ । प्रविधिको संरक्षण र सुरक्षाको जिम्मा भने नगरपालिका र सम्बन्धित वडा कार्यालयले लिनेछ । फोहोरमैला व्यवस्थापनमा काम गर्ने मजदुर कर्मचारी, सुरक्षाकर्मी र निःशुल्क खाना खुवाउने स्थानलाई लक्षित गरेर छनोट गरिएको छ । हाल कोभिड सङ्क्रमणको जोखिम स्वास्थ्यकर्मीपछि फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने कर्मचारीमा बढी देखिन्छ । कीर्तिपुरमा एक सयभन्दा बढी फोहोरमैलामा काम गर्ने सफाइ मजदुरको सङ्ख्या रहेको नगरपालिकाले जनाएको छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!