
मिर्चेया नगरपालीका वडा नं. ६ ले मिर्चेया नगरपालीकामा प्रदेश सरकारवाट पठाईएको राहत वितरणको शुरुवात भएको छ । मिर्चैया नगरपालीका वडा नं. ६ वडा अध्यक्ष देव कृष्ण साहले वताउनु भयो । साथै प्रदेश सरकारको रकम र वडाको रकम लगाई यस नगरपालीकामा पहिले वितरण गर्न सकेकोमा खुशी लागेको छ । अझ छुटफुट र वाँकी रहेकोलाई हामी अर्कोचरणमा पुनः वितरण गर्ने छौं ।
उक्त कार्यक्रममा प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार ३०० घर धुरीलाई राहत वितरण गरेको यसै वडाका समाजवादी पार्टिका पार्टि प्रतिनिधी अजय यादवले वताउनु भयो । वितरण कार्यक्रममा सम्पुर्ण राष्ट्रिय पार्टि प्रतिनिधहरुको उपस्थितीमा पुर्ण सौहार्दपुर्ण वातावरणमा राहत वाँडिएको छ ।
प्रदेश सरकारले पठाएको रकम महिनौदिन पछि राहत वितरण गरेकोले अलि ढिलो भयो धेरै दःख भईरहेको थियो एक छाक खाने र एक छाक भोकै वसेर वाँचेको थिए यो राहतले केही राहत भएको महशुस भएको छ वडा का शिव शंकर साह र घुरणी देवी साहले वताउनु भयो ।
राहत वितरण मा प्रदेश सरकारले तोकेको मापदणडमा रहेर दैनिक ज्याला मजदुरी गर्ने, श्रमीक, अति विपन्न तथा किसानलाई वितरण गर्नुपर्ने भएकोले केही ढिलो भएको नेक.पा. प्रतिनिधी कुसेश्वर साहले वताउनु भयो । उक्त राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरि वल मिर्चैया वाट वितरण गरिएको थियो । सम्पुर्ण राजनीतिक दलहरु मिलेर सहयोग गरेको राष्ट्रिय जनता पार्टि प्रतिनिनिधि असोक साहले वताउनु भयो ।
मिर्चैया नगरपालीका वडा नं. ६ को वडा अध्यक्ष श्री देवकृष्ण साहको अध्यक्षतामा तपसिल वमोजिमको वडास्तरिय राहत पहिचान तथा वितरण समिति गठन गरिएको सचिव रामइश्वर ठाकुरले वताए ।
श्री देवकृष्ण साह संयोजक (वडा अध्यक्ष),श्री अजय यादव समाजवादी पार्टि प्रतिनिधि,श्री कुशेश्वर साह ने.क.पा. पार्टि प्रतिनिधि ,श्री राजाराम ठाकुर नेपाली कांग्रेस पार्टि प्रतिनिधि ,श्री अशोक कुमार साह रा.ज.पा. पार्टि प्रतिनिधि ,श्री विरेन्द्र मण्डल इलाका प्रहरी कार्यालय मिर्चैया प्रतिनिधि,श्री मजेलाल यादव स. प्र.वल मिर्चैया प्रतिनिधी,श्री मनिकलाल यादब विद्यालय प्रतिनिधि,श्री महेन्द्र मण्डल नेपाली सेना प्रतिनिधि,श्री रामेश्वर ठाकुर राहत पहिचान समिति सचिव (वडा सचिव) ।
विश्व कोरोना भाइरसको महामारि वाट गुज्रिरहेकोवेला र सरकारको लक डाउनको पालना गर्दा दैनिक जिवन कष्टकर हुँदा यस्तो किसिमको राहतले जनताले राहत महशुस गर्ने समाजसेवी प्रभात सिंहले वताएनुभयो ।
