
कोभिड –१९ संक्रमण नियन्त्रणका लागि बर्दियाका युवा व्यवसायीले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बर्दिया मधुवन नगरपालिका वडा नम्बर ४ ढोढरी निवासी सुरेश पन्थले स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले लकडाउन समयमा पनि तीन पटक गरी कोरोना संक्रमण नियन्त्रणका लागि प्रयोगमा आउने स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो । व्यवसायी पन्थले उपलब्ध गराएका स्वास्थ्य सामग्रीमा एटोमेटिक सेनिटाइजर मेशिन, पिपिई, फिभर गन तथा थर्माेमिटर मेशिन, ७५ हजार मासक, ७५ हजार पञ्जा, सेनिटाइजरलगायत छन् । बर्दिया जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाका आठै स्थानीय तह, स्वास्थ्य संस्था, क्वारेन्टाइन र सुरक्षा निकायलाई ती सामग्री वितरण गरिएको छ ।
