
लकडाउनको १ महिनापछि सीमा क्षेत्रको क्वारेन्टाइनमा बसेकाहरुको आजबाट नेपाल भित्राउन सुरु भएको छ । सिमानाका सुनौलीको नौतुहवाको दुईबाट क्वारेन्टाइनमा मध्ये आज १ सय २ जनालाई नेपाल ल्याएर अहिले स्वस्थ्य परिक्षण शुरु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले रातोपाटीलाई बताए ।

उनीहरु स्वास्थ्य परिक्षण यदि कसैको समस्या देखिएका यहि राखेर उपचार गर्ने नदेखिएका घरमा पठाउने तयारी भइरहेको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका र गुल्लीमा विभिन्न ठाउँका व्यतिहरु आएका छन् । अर्घाखाँचीको मालरानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य बस ल्याएर सिमा क्षेत्रमा पुगेका थिए ।
यसअधि दिल्लीको नोयडादेखि हिँडेर भारतीय सिमाना आइपुगेका नेपालीहरुले आफूहरु कोरोनाले भन्दा पनि अरु रोगले मर्ने डरमा रहेको बताउँदै उद्दारको माग गरेका छन् ।
नौतुनाको क्वारेन्टाइनमा अन्य रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, तनहुँ, नवलपरासी र अर्घाखाँचीका मानिसहरु रहेका छन् । प्रमुख जिल्ला अधिकारी पन्थले उनीहरुलाई घर पठाउने जिल्लाहरु समन्य भइसकेको बताए ।
अरुलाई पनि पालै पालै ल्याउने बताए । नैतुहवामा ३ सय ५५ जना नेपाली झन्डै एक महिनादेखी क्वारेन्टाइनमा बसेका थिए ।