शुक्रबार, बैशाख १२, २०७७ || 1129  पटक पढिएको

निर्माण सामग्री ल्याउन नसकिएपछि काठमाडौँ उपत्यकामा निर्माणाधीन धेरै सडक अलपत्र बनेका छन् । काठमाडौँ उपत्यकामा व्यस्त सडकमा ‘लकडाउन’ को समयमा काम शुरु भए पनि केही दिनभन्दा अघि बढ्न सकेन । निर्माण सामग्री लिन ललितपुरको लेले र काभ्रेको रोशीखोला पुगेको गाडी सामान नलिई फर्किएको हो । निर्माण सामग्री ल्याउन नदिइनुको कारणबारे ती पलिकासँग पत्र लेखेर सोधिएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँका अनुसार ती पालिकाले वडा कार्यालय र ती वडाका केही व्यक्तिका कारण निर्माण सामग्री लैजान समस्या आएको जानकारी दिएका थिए । उहाँले भन्नुभयो, “सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पनि हामीले कुराकानी गरिरहेका छौँ ।” कतिपय क्रसरमा स्टक नै ढुङ्गा गिट्टी रहेको र उत्पादनका लागि पनि धेरै जनशक्ति नलाग्ने प्रमुख नेपालीले बताउनुभयो । त्यस्तै सामान ढुवानीका लागि पनि थोरै जनशक्ति भए पुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चारपाँचजना व्यक्तिले ती स्थानबाट निर्माण सामग्री ल्याउन सक्छन् ।” गत सातादेखि शुरु भएको सडक निर्माण केही दिनमा नै अवरुद्ध भएको हो । त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको थियो । ह्युमपाइप राख्नका लागि खन्ने काम भने भइरहेको छ । काठमाडौँका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक मर्मत (ओभर ले) गर्न लागिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!