शुक्रबार, बैशाख १२, २०७७ || 712  पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिकाले दरवाङमा खाद्य बैंक स्थापना गरेको छ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्न र श्रमिकलाई वितरण गरिने राहत खाद्यान्न सङ्कलन गर्न खाद्य बैंक स्थापना गरेको हो । बैंकमा बिहीबार विभिन्न क्षेत्रबाट खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । प्रभु बैंकको दरवाङ शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत १२ बोरा चामल र दुई प्याकेट खानेतेल उपलब्ध गराएको छ । शाखाका प्रबन्धक बिपीन चोखालले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकालगायतलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । सङ्कलित खाद्यान्न पालिकाका वडा कार्यालयमार्फत लकडाउनका कारण रोजीरोटी गुमेर बिहान–बेलुका खानका लागि समस्यामा परेका विपन्न तथा श्रमिकका परिवारलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा ८८८ परिवारलाई चामल, दाल, नुन र तेल उपलब्ध गराइएको छ । यसैगरी नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र (ख), म्याग्दीले १५ बोरा चामल र दुई प्याकेट तेलका साथै मास्क र स्यानिटाइजर सहयोग गरेको छ । काँग्रेसका नेता हीरा पुन, खिम पुनलगायतले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!