शुक्रबार, बैशाख १२, २०७७ || 921  पटक पढिएको

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ इलाका स्वास्थ्यचौकी हाटसिञ्जामा राखिएका क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको छ । हाल यहाँ १५ श्ययाको क्वारेन्टाइनमा १६ जनालाई राखिएकमा उनीहरुलाई प्रयोग गर्न साबुन र स्यानिटाइजर पनि छैन । आफूहरु कसरी सुरक्षित रहने भन्ने चिन्ता भएको त्यहाँ रहेका खगेन्द्र खत्रीले गुनासो गर्नुभयो । स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले साबुन नहँुदा आmूहरुले प्रयोग गर्ने साबुन पाँचलाई एकका दरले व्यवस्था गरेको बताउनुहुन्छ । क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरिए पनि समितिले समन्वय नगरेको जनाइएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्रबहादुर खत्रीले क्वारेन्टाइनमा बस्नेहरुलाई नआत्तिन भनरे हौसाला दिइएको बताउनुभयो । सिञ्जावासीले अन्य राहत पनि नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!