बुधबार, बैशाख १०, २०७७ || 613  पटक पढिएको

प्रदेश नं २ मा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारको क्रममा आज मध्याह्नसम्ममा तीन हजार ८७७ को ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ । यसमध्ये सबैभन्दा बढी पर्सा जिल्लामा दुई हजार ४०० आरडिटी परीक्षण गरिएको छ भने रौतहट जिल्लामा ३४४ को सो टेस्ट गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

त्यस्तै, सप्तरी जिल्लामा २११, सिरहामा ३०९ जना, महोत्तरीमा १०९ जना, सर्लाहीमा ११६, बारामा १२७ र धनुषामा ३०९ समेत गरी यस प्रदेशमा तीन हजार ८७७ को आरडिटी परीक्षण गरिएको हो । सोमध्ये अहिलेसम्म आठ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । ती आठ जनाको पिसिआरबाट परीक्षण गराउँदा सात जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा.घिमिरे बताए ।

अहिलेसम्म यस प्रदेशमा ६०६ को पिसिआर मेशिनबाट परीक्षण गराउँदा ६०२ को रिपोर्ट नेगेटिभ आएको, चार जना कोरोनाबाट सङ्क्रमित छन् भने १४ को रिपोर्ट आउन बाँकी रहेको छ । यस प्रदेशमा अहिलेसम्ममा एक हजार ८८ क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बस्नेको सङ्ख्या क्रमिकरुपमा घट्दै गइरहेको भने होम क्वारेन्टाइनमा बस्ने सङ्ख्यामा वृद्धि हुँदै दुई हजार ४९० मा पुगेछ र आइसोलेसनमा ११ जना बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!