कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक सवारी चालकको म्यानमारमा गोली हानी हत्या भएको छ ।

म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बाेकेर याङ्गुनतर्फ गइरहेका युवकको गोली हानी हत्या भएको हो । गोली लागेर प्याए सोन विन माउङ काे ज्यान गएकाे बताइएकाे छ । २८ वर्षीय माउङ गाडी चालक हुन् ।

संयुक्त राष्ट्र संघका अनुसार, विश्व स्वास्थ्य संगठनको गाडीमा स्वाब परीक्षणका लागि यान्गुन लैजाँदै गर्दा गोली प्रहार भएको हो ।हत्या गरिएका ती युवक विगत तीन वर्षदेखि (डब्लुएचओ) का लागि काम गर्दै आएका थिए ।

आक्रमणमा एक स्वास्थ्यकर्मी पनि घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको बताइएको छ । अहिलेसम्म म्यानमारमा एक सय १९ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पाँचजनाको यसबाट मृत्यु भइसकेको छ ।

यो क्षेत्रमा सरकारी सेना र अराकन चरमपन्थीबीच युद्ध जारी छ । कोरोना भाइरसको महामारीको समयमा युद्धबिरामको लागि अनुरोध गरिए पनि युद्ध रोकिएको छैन । म्यानमारका विभिन्न चरमपन्थीले महामारीमा युद्धबिरामको घोषणा गरेका थिए । तर, म्यानमारको सेनाले त्यसलाई अस्वीकार गरेको थियो ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पक्षले पनि लिएका छैनन् । उनीहरू एकले अर्कोलाई आरोप प्रत्यारोप गरिरहेका छन् । एक वर्षदेखि यो क्षेत्रमा युद्ध चल्दै आएको छ । तर, पछिल्लो समय आक्रमण बढेको छ । म्यानमारका सेनाका प्रवक्ता टुन टुन नयीले सरकारलाई सहयोग गरिरहेका चालकको हत्या गर्नुपर्ने सेनालाई कुनै कारण नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!